२१ चैत, काठमाडौं ।
गोकर्णेश्वर नगरपालिकाको गोकर्ण मन्दिर परिसरमा एक अपरिचित बेबारिसे व्यक्तिको मृत्यु भएको छ।
मन्दिर परिसरमा आफ्नो बास बनाई बसी रहेका नाम नखुलेको घर गाउँ समेत नखुलेको व्यक्तिको मृत्यु भएको हो । बिहान सडक छेउमा छट्पटाई रहेको थियो मदिरा सेवन गरेको होला भनेर वास्ता गरिएन पछि देख्दा मृत्यु भै सकेको स्थानीयको भनाइ छ ।
मृतक शरीरलाई महानगरीय प्रहरी वृत्त ले सनाखत गरी एम्बुलेन्स मार्फत टिचिङ अस्पताल महारागन्जमा पोस्ट म्याटमको लागि लगिएको छ ।