ग्रह, नक्षत्र, बार, तिथिहरुको आधारमा मानिसहरुको भविष्यको फल बनाइन्छ । यसमा महिनाको पनि निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
बैशाख महिनाः बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्वसुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् ।
जेठ महिनाः जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् ।
असार महिनाः यो महिनामा जन्मिएका मानिसहरु धर्मात्मा, धन नाश हुने भएका कारण पिडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् ।