बुलबुल न्युज, भक्तपुर – सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सरकारी गाडीभित्र यौनजन्य कार्य गरिरहेको अवस्थामा ३ व्यक्ति पक्राउ परेका छन् ।
नियमित गस्ती गरिरहेको प्रहरी टोलीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषलाई देखेपछि नियन्त्रणमा लिएको थियो । गाडी चालक मन्त्रालयकै कर्मचारी रहेको प्रहरीले जनाएको छ ।
यौनजन्य कार्य गरिरहेकै बेला पक्राउ पर्नेमा २ पुरुष र १ महिला रहेका प्रहरीले जनाएको छ ।
बुधवार ११ बजे मध्यराति भक्तपुरको सुर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडाको जंगलमा रोकिराखेको गाडीबाट आरोपीहरू रङ्गेहात पक्राउ परेका हुन् ।
प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको गाडीबाट पक्राउ गरिएकाहरूलाई नियन्त्रणमा लिएर राखिएको प्रहरीले जनाएको छ ।