काठमाडौँ, नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतको फैसलामा बाधा पुर्याउने काम कसैबाट हुन नहुने बताएका छन्।
सोमबार सर्वोच्चले प्रतिनिधि सभा पुन:स्थापना गरेसँगै थापाले अदालतको आदेश मन नपरेमा असहमत भए पनि अस्वीकार गर्न भने नमिल्ने बताए।
साथै उनले सो आदेशलाई उत्तेजना, दम्भ र अहंकार बोकेर कार्यान्वयनमा बाधा पुर्याउने मुर्खता कतेबाट नहोस् भनेका छन्।
‘प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ। अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन,’ उनले भनेका छन्,
‘उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मुर्खता कतैबाट नहोस् भन्ने आशा गरौं। नत्र भिरबाट खस्नेलाई रामराम।’