काठमाडौँ , लामो समयदेखि राजनीति गर्दै आएका र राजनीति भन्दा पनि बढी समाजसेवामा आफ्नो उमेर र ऊर्जा खर्चेका व्यक्ति हुन् काठमाडौँ महानगरपालिका वडा नं ६, बौद्धका चन्द्रदीप लामा ‘काजु’ | उहाँ एक कुशल व्यबसायी पनि हुनुहुन्छ | व्यबसाय गर्दै समाजसेवाको क्षेत्रमा बढी रुचाउने उहाँ हाल राजनीतिमा पनि सक्रिय देखिन्छन | पारिवारिक पृष्ट भुमि नेपालि काँग्रेस रहेको छ | अहिले काठमाडौँ क्षेत्र नं ३ प्रेदेश ‘क’ मा सभापतिको उम्मेदवारी दिएका छन् |
उमेरले ५० नाधि सकेका काजु अब भने राजनीति संगै समाजको हितको लागि कार्य गर्न अगाडी बढेका छन् | राजनीतिलाई पेसाको रुपमा हैन नितान्त समाजको हितमा, जनताको हितमा, लगाई निस्वार्थ भावनाले समाजसेवा सोच्नु पर्छ, राजनीतिबाट कमाउने हैन निस्वार्थ समाजको हितमा काम गर्ने बिचार हुनुपर्छ भन्ने सोच सहित अगाडी बढेका छन् |
राजनीति पेशा हैन समाजसेवा हो
विश्व राजनीतिले पनि समाजसेवा र राजनीति एकअर्काका परिपूरक हुन् भन्ने कुरा देख्न सकिन्छ । यस्तै समाजसेवीको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका बहुसंख्यक व्यक्ति सफल राजनेता भएको उदाहरण खोज्न टाढा जानु पर्दैन । राजनीतिमा प्रवेश गर्नुअघि समाजसेवीको पहिचान बनाएकाहरूले पक्कै पनि राजनीतिबाट देशको सेवा अझ राम्ररी गर्न सक्छु भन्ने बुझेको हुनुपर्छ । हामीकहाँ यो यो बुझाइ र काम गराइ अलि आलोकाँचो छ ।
विडम्बना भन्नुपर्छ, हामीकहाँ राजनीतिमा प्रवेश गर्नुअघि समाजसेवा गरेका वा समाजसेवी पृष्ठभूमि भएका राजनीतिकर्मी भेटिन प्राय: मुस्किल पर्छ । समाजको सेवा गरेर भन्दा पनि राजनीतिक घटनाक्रमले जन्माएका र अनेकन क्रियाकलाप गरी राजनीतिकर्मी बनेकाहरूले राजनीतिलाई समाजसेवा होइन, पेसाका रूपमा लिने प्रवृत्ति बढ्दैछ । देश र जनताको सेवा गरेर भन्दा पनि अनेक खुरापाती गरेर राजनीतिमा प्रवेश गरेका राजनीतिकर्मीहरूको पछिल्लो सुविधाभोगी प्रवृत्तिलाई निरुत्साहित गर्नु पर्छ भन्ने चिन्ता आम नेपालीमा बढ्दै गएको छ ।
नेपाली राजनीतिमा हुनेखानेहरूको हालिमुहाली बढिरहेकाले निर्वाचन महङ्गिदै गएको छ । अरू बेला समाजको हितबारे नसोच्ने तर निर्वाचनताका विकासको आश्वासन देखाएर जनताको अमूल्य मत हत्याउन राजनीतिकर्मीबाट नेपाल र नेपाली पटक–पटक ठगिँंदै आएका छन् । त्यसो त राजनीतिलाई समाजसेवा हैन, पेसा सम्झनेहरूको मनोबल बढाउनमा पार्टीका अग्रज नेता र कार्यकर्ताको मुख्य भूमिका रहँदै आएको छ । फेरि यस्तो प्रवृत्ति विरुद्ध मतदाता पनि जागरुक हुनसकेका छैनन् ।
कम्तीमा समाजको हितका लागि काम गर्ने व्यक्तिलाई उम्मेदवार बनाउँदा पार्टीको गरिमामात्र बढ्दैन, राजनीतिलाई समाजसेवा सम्झनेहरूको मनोबल बढ्छ भन्ने आधारभूत कुरा पार्टीका नेता–कार्यकर्ताले बिर्संदै गएको देखिन्छ । यस्तै राजनीतिलाई पेसा हैन, समाजसेवा ठान्ने राजनीतिकर्मीहरूले समाज र देशलाई भ्रष्टाचारमुक्त बनाई समृद्धिको बाटोमा हिँडाउँछन् भन्ने कुरा अग्रज नेता–कार्यकर्ताले बुझ्न ढिला भइसकेको छ ।