संगठनलाइ मजबुत बनाउन नयाँ एजेण्डा सहित पूर्ण रुपमा समय दिने प्रतिबद्धता सहित सभापतिमा दाबी गरेको हो

  • खुश्बु खबर
  • मङ्लबार, कार्तिक ३०, २०७८ १0:३0
संगठनलाइ मजबुत बनाउन नयाँ एजेण्डा सहित पूर्ण रुपमा समय दिने प्रतिबद्धता सहित सभापतिमा दाबी गरेको हो

कार्तिक ३०, काठमाडौँ |  काठमाडौँ क्षेत्र नं ३ प्रदेश ‘क’ मा सभापतिका उम्मेदवार चन्द्रदीप लामा काजु एजेन्डा सहित अगाडी आएका छन्  उनले प्रदेशलाई  अझ बढी मजबुत बनाइ भात्री संगठन, क्रियाशील सदस्य लगायत कांग्रेसका सुभचिन्तक  सबैलाइ समेटी  पार्टीलाई अगाडी बढाउने बेला आएको बताएका छन् |

प्रदेशलाइ अगाडी बढाउन र संगठनलाइ मजबुत बनाउन उनले नयाँ नयाँ एजेन्डाका लिएर  पूर्ण रुपमा समय दिने प्रतिबद्धता सहित सभापतिमा दाबी गरेको बुलबुल न्युजलाई बताए |

एजेन्डा

  1. पार्टीको प्रदेश कार्यालय व्यवस्थित बनाउने, ,
  2. क्षेत्रीय प्रतिनिधिहरुसंग निरन्तर सम्पर्कमा रहन, र उहाहरुको समस्यामा उभिने ,
  3. प्रदेश कोष गठन गरि प्रदेशको खाता सन्चालन गर्ने ताकी भविष्यमा अन्य पुस्ताले पनि सामाजिक कार्यमा प्रयोग गर्न सकुन ,
  4. प्रदेश वेबसाइट खोलि सम्पूर्ण क्रियासिल साथीहरुलाई सामाजिक संजालमा जोडाउने,
  5. प्रतेक क्रियाशील सदस्यहरुलाई नम्बर  कार्यालयमा राख्नुको साथै क्रियाशील सदस्यसँग सम्पर्कमा रहने छु |
  6. कुनै क्रियाशिल्को साथीहरुको घरमा घटना भएमा प्रदेशको कोषबाट सहयोग गर्ने , मृ
  7. केन्द्रीय लेबलका नेताहरुबाट समय समयमा प्रसिक्षण गराउने,
  8.  महिला, दलित, जनजाति, मधेशी, पिछडिएका वर्गहरुलाई  संगठनमा मिलाएर लैजाने ,
  9. पार्टीक गतिविधिहरुमा  आफुले प्रतिनिधि खटाइ इकाइ भित्रका नागरिकहरुको तथ्यांक राख्ने काम गर्ने छु |
  • खुश्बु खबर
  • मङ्लबार, कार्तिक ३०, २०७८ १0:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट